कैलालीमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ मा गएराति से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालीका(६ का ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले दुर्घटनामा परी घाइते भएका बिष्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक टीकापुर नगरपालिका १ बस्ने टेकबहादुर बिष्ट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?