दार्चुला । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मा जडान गरिएका डेढ दर्जन सडक बत्ति दुई बर्ष नपुग्दै बिग्रिएका छन ।
गाउँपालिकाको ८ लाख र बैकल्पीक उर्जा प्रर्बधन केन्द्रको १२ लाख आर्थिक लगानीमा जडान गरिएका सडक बत्ती दुई वर्ष नपुग्दै विग्रिएको स्थानीय रिनु सिंह धामीले जानकारी दिनुभयो ।
वडा नम्बर ३ को मालिकार्जुन मन्दिर, शिलंगैर बजार क्षेत्र र भण्डारी घर क्षेत्रमा जडान गरिएका सडक बत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेको स्थानीय धामीले बताउनुभयो । उहाँले भन्नुभयो, दुई बर्ष पहिले जडान गरिएका सडक बत्ति अहिले काम नलाग्ने गरि बिग्रिएका छन ।
कतिपय ठाउँका सडक बत्तीका ब्याट्रीबाट स्थानीयले घरमा तार तानेर बत्ती बालेका छन । सडक बत्ती मर्मतको लागी गाउँपालिकाले कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले भने सडक बत्ती प्राविधिको खराबीको कारण बिग्रीएको र मर्मतको लागी पहल भईरहेको बताउनभयो । स्थानीयले सडक बत्तीको ब्याट्रीबाट स्थानीयले तार तानेर प्रयोग गरेको बारेमा भने आफुलाई जानकारी नभएको अध्यक्ष धामीको भनाई छ ।
बत्ती मर्मतको लागी बैकल्पीक उर्जा प्रबर्धन केन्द्र सित सहकार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया