दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीका धिर्क साउदलाई मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको भन्दै कारवाही गरिएको छ । साउदलाई दिउसै मदिरा सेवन गरेर समाज सुधारका लागि युवा एकता अभियान समितिका सदस्य दिपक बिष्टलाई धम्की दिएको आरोप लागेको छ ।

मदिरा नियन्त्रणका साथै समाजका विकृति नियन्त्रणमा सक्रिय समाज सुधारका लागि युवा एकता अभियानका सदस्य बिष्टलाई धिर्क साउदले मदिरा सेवन गरेर के को समिति हो ? म लाई कारबाही गरेर देखाउ भन्ने जस्ता कुराहरू गरि धम्की समेत दिएपछि बुधबार इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएका सुरक्षाकर्मीहरुको रहोबरमा कारवाही गरिएको हो ।

मदिरा सेवन गरेर होहल्ला गर्ने साउदले माफी मागेको र समितिको निर्णय अनुसार अगामी दिनमा मदिरा सेवन नगर्ने शर्तमा एक हजार रुपैँया जरिवाना समेत तिरेको समाज सुधारका लागि युवा एकता अभियानका सदस्य दिपक बिष्टले बताउनुभयो ।

मापसे गरेर कारवाहीमा परेका साउद यसअघि दिनहु जसो मदिरा सेवन गरि घर परिवार मा पनि झगडा गर्दै आएको पारिवारिक श्रोतले बताएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?