दार्चुला । २९ औं विश्व अपाङ्गता दिवस दार्चुलामा पनि मनाइएको छ । कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका ब्यक्तिहरुको पहुच र दीगो बिकासका लागी हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ दिवस मनाएको हो ।
अपाङ्गता तथा फरक क्षमता भएका व्याक्तिहरुका लागि सरकारी क्षेत्रबाट विभिन्न कामहरु भएपनि दया, मायासंगै अवसरको अझै खाँचो रहेको अपाङ्गताभएका व्याक्तिहरुले बताएका छन् ।
अपाङ्गता भएका बालबालिकाका लागि समावेसी विद्यालय खोल्नुपर्ने आवश्यकता रहेको अपाङ्ग संघ दार्चुलाका अध्यक्ष गणेश गिरीको भनाई छ । विगतमा धाप र हिकिलामा सञ्चालित विशेष विद्यालय बन्द रहेकोले ति विद्यालयहरुलाई समावेशी विद्यालयमा रुपान्तरण गर्नुपर्ने उहाँको भनाई छ । रेडियो लोकदर्पण संगको कुराकानीका क्रममा अगामी दिनमा प्रतेक पालिकामा अपाङ्ग संघ गठन गरेर अपांगहरुको हकहितमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष गिरीले बताउनुभयो ।
अपाङ्गता दिवसको अवसरमा जिल्ला प्रशासन, रेडक्रस र जनस्वास्थ्य कार्यालयको सौजन्यमा क र ख बर्गका अपाङ्गहरुलाई कम्बल बितरण गरिएको छ ।
दार्चुला अपाङ्ग संघ दार्चुलाका अध्यक्ष गणेश गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो । महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा ६० जना अपाङ्गता भएका नागरिकको सहभागिता रहेको थियो ।





प्रतिक्रिया