शैल्यशिखरको झरकडामा बिजुली चार्ज, स्थानीय हर्षित

दार्चुला । लामो समयदेखि बिद्युतबाट बञ्चित शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का स्थानीयहरु गाउँमा बिजुली बल्ने भएपछि हर्षित भएका छन् ।

विद्युत वितरण गर्नका लागि झरकडामा बिहिबार ५० केभिए क्षमताको टान्सर्फमर जडान गरिएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ८ तल्चोरा देखि झरकडासम्म शुक्रबार (आज) बिहान १० बजेदेखि राष्ट्रिय प्रसारणको ११ केबी प्रसारण लाइन चार्ज हुने भएको छ ।

शुक्रबार लाइन चार्ज गरिने भएकोले विद्युतका रुख, तार, पोल नछुन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले स्थानीयलाई अनुरोध गरेको छ ।

वर्षौदेखि अन्धकारमा बस्नुपरेको स्मरण गर्दै गाउँमा बत्ती बल्ने भएपछि निकै खुसी लागेको झरकडाका स्थानीय लक्ष्मण जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?