१० किलो चरेशसहित बैतडीमा युवक पक्राउ

दार्चुला । बैतडीमा १० किलोचरेशसहित एकजना युवक पक्राउ परेका छन् ।

अवैध १० किलो चरेशसहिति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धामी बैतडीमा पक्राउ परेका हुन ।

सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह(आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धामीलाई १० किलो चरेशसहिति पक्राउ गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

धामीलाई बिषेश सुचनाका आधारमा गएराति पुर्चौडी नगरपालिका वडा नम्बर ६ को मोडलीधारबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

झोलामा चरेश लिएर पैदल आइरहेका बेला उनलाई समातेको प्रहरीको भनाई छ । पक्राउ परेका धामीलाई जिल्ला ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?