कोरोनाका कारण बाजुरामा २ वर्षीया बालिकाको मृत्यु

दार्चुला । सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट एक बालिकाको मृत्यु भएको छ।

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको हो।

भारतबाट फर्किएर जिल्ला अस्पताल आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ।

यस्तै मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ। संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ।

बुवाको रिर्पोट भने नेगेटिभ आएको छ।

मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो।

तिनै जनाको स्वाब धनगढी पठाइएको थिया।८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए।

भारतबाट आएपछि सबैलाई बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?