दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ३ ब्रह्मदेव घर भएका ४० वर्षीय धनराज जोशी भिरबाट लडेर गम्भीर घाइते हुनुभएको छ ।
आज दिउँसो १२ बजेतिर घरबाट महाकाली नगरपालिका वडा नम्बर २ मैखोली ससुराली घर जादै गरेका जोशी वडा नम्बर ३ काँटै स्थित सडकबाट ३० मिटर तल खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ससुराली घर पुग्न झण्डै ५ किलोमिटर तल काँटै भन्ने स्थानमा भिरबाट एक्कासी लडेर गम्भिर घाइते भएका जोशीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भब नभएपछि थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
घट्नाबारे थाहा पाउनासाथ प्रहरी टोली घट्ना स्थल खटिएर घाइते जोशीको उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । गम्भीर घाइते जोशीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभए पछि थप उपचारका लागि बाँकेको कोहोलपुर रेफर गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते जोशीको दुवै खुट्टा र छातीमा चोट रहेको छ ।





प्रतिक्रिया