दार्चुला । डोटीमा जिप दुर्घटना हुँदा एक जना वडासचिव सहित ३ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार आइतबार राति १ः३० बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ मा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका ७ की वडासचिव मन्जु त्रिपाठी, त्रिपाठीकै सासु (नाम नखुलेको) र के आइ सिंह गाउँपालिकाका ४० वर्षका हरि नायारण भट्टको मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो।
चालकसहित घाइते भएका ५ जनालाई उपचारको लागि दिपायल पठाइएको जनाइएको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




