लेकम गाउँपालिकामा तालाबन्दी

दार्चुला । लेकम गाउँपालिकामा तालाबन्दी गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबासी जनताले लेकम गाउँपालिका वडा नम्बर ४ को कार्यालय, गाउँपालिका कार्यालय र गल्लाकेदार माबि खरकडामा समेत तालाबन्दी गरेका हुन् ।

पाती देखि खरकडासम्म लाइन विस्तार गर्नका लागि आएका विद्युतको मेन लाइनका पोलहरु टकनामा रोकिएपछि तालाबन्दी गरिएको बुझिएको छ । विद्युतका पोल बोकेर आएको टेक्टरलाई टकनामा ढुगां प्रहार भएपछि पोल फालेर टेक्टर फिर्ता भएको वडा नम्बर ४ का वडाअध्यक्ष एबं लेकम गाउँपालिकाका प्रवक्ता महेन्द्रराज जोशीले जानकारी दिनुभयो ।

खरकडाबासीले विद्युत, सञ्चार, खानेपानी, सडक लगायत विभिन्न माग राख्दै आज बिहान १० बजे वडा कार्यालय र दिउँसो १ बजे गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको खरकडाका स्थानीय गोपाल बस्नेतले बताउनुभयो ।

क्वारेन्टाइन व्यवस्थापनका लागि केहि महिना पहिले देखि गल्लाकेदार माबि खरकडामा अस्थाई प्रहरी पोष्ट राखिएकोले विद्यालय सञ्चालनमा असहज भएको भन्दै प्रहरी पोष्ट हट्नुपर्ने माग गरेर विद्यालयमा समेत तालाबन्दी गरिएको बस्नेतले बताउनुभयो ।

विद्यालयबाट प्रहरी पोष्ट हटाउन पटक पटक माग गर्दा समेत सुनुवाई नभएपछि विद्यालय र गाउँपालिकामा तालाबन्दी गर्नुपरेको स्थानीयको भनाई छ । गाउँपालिका प्रवक्ता महेन्द्रराज जोशीका अनुसार प्रहरी पोष्ट स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिसकेको छ ।

अहिले तालाबन्दीको विषयमा खरकडाबासीसंग छलफल भइरहेको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

खरकडा क्षेत्रमा दिउँसो मात्रै फोन लाग्ने र बिहान, बेलुकी तथा रातीको समयमा सञ्चारविहिन हुनुपर्ने अवस्था रहेकोले नियमित र प्रभावकारी सञ्चारको माग समेत जोडदार रुपमा उठेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?