नेकपाको एकता जोगाउन भन्दै कार्यकर्ताको अनसन

दार्चुला । नेपाल कम्युनिस्ट पार्टीको नेकपाको एकता जोगाउन माग गर्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।

पार्टी एकता जोगाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारदेखि अनसन सुरु गर्नुभएको हो ।

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आइतबारदेखि रिले अनसन सुरु गरेको बताईएको छ ।

‘पार्टी विभाजन हुनबाट रोक्नु पर्ने भन्दै अनसन बसेको हु’ उहाँले भन्नुभयो ‘अहिले सबै कार्यकर्ताहरूले नेतालाई दबाब दिन आवश्यक छ ।’

नेताहरूले व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने उहाँले माग राख्नु भएको छ ।

सचिवालयबाट स्थायी कमिटीमा लैजाने निर्णय गरिएको दुवै अध्यक्षहरूको प्रतिवेदन फिर्ता लिएर छलफल चलाउनुपर्ने, पार्टी एकताको बाँकी काम अगाडि बढाएर महाधिवेशनसम्म जानुपर्ने, सङ्घीयता, गणतन्त्र र आन्दोलन उपलब्धीको रक्षाको लागि पार्टी एकबद्ध हुनुपर्ने समेत उहाँको माग छ ।

प्रत्येक दिन बिहान १० बजे आउने ५ सम्म अनसन बस्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?