अस्ट्रेलियासँगको टी–२० श्रृङ्खला भारतले जित्यो

दार्चुला । अस्ट्रेलियासँगको टी–२० श्रृङ्खला भारतले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो ६ विकेटले जितेसँगै तीन खेलको श्रृङ्खला मा भारत २–० ले अघि भएको हो ।

अस्ट्रेलियाले दिएको एक सय ९५ रनको लक्ष्य भारतले दुई बल बाँकी छँदै मात्र चार विकेट गुमाएर भेट्यायो । भारतको जितमा हार्दिक पाण्डेया नायक बने । उनले २२ बलमा अविजित ४२ रन बनाए ।

यस्तै शिखर धवनले ५२, विराट कोहलीले ४० र केएल राहुलले ३० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । उसका म्याथु वाडेले ५८ र स्टिभ स्मिथले ४६ रन बनाए ।

तेस्रो खेल आउँदो मङ्गलबार हुनेछ । यी दुई देशबीच भएको एकदवसीय श्रृङ्खला भने अस्ट्रेलियाले जितेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?