दार्चुला । शैल्यशिखर नगरपालिकामा चालु आर्थिक वर्ष २०७७÷०७८ मा दुई सय ८९ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा समाबेश भएका छन् ।
नगरपालिकामा कम्तीमा ६० प्रतिशत महिलाको सहभागिता हुने गरी युवा रोजगारीको लागी रुपान्तरण पहल आयोजना र कामका लागी पारिश्रमिकमा आधारीत सामुदायिक आयोजनाका लागी नगरपालिका भित्रका एक हजार आठ सय ५५ जनाको आवेदन परेकोमा छनोट प्रक्रिया मार्फत दुई सय ८९ जना छनोट भएका हुन् ।

नगरपालिकामा युवा रोजगारीको लागी रुपान्तरण पहल आयोजनामा एक सय जना र कामका लागी पारिश्रमिकमा आधारीत सामुदायिक आयोजनामा एक सय ८९ जना समाबेश भएको नगरपालिकाका रोजगार सेवा केन्द्रका रोजगार संयोजक तेजराज तिमिल्सीनाले जानकारी दिनुभयो ।
युवा रोजगारीको लागी रुपान्तरण पहल आयोजनामा नगरपालिकाको वडा नम्बर १ बाट १० जना, वडा नम्बर २ बाट १२ जना, वडा नम्बर ३ बाट ८ जना, वडा नम्रब ४ बाट १८ जना, वडा नम्बर ५ बाट ८ जना, वडा नम्बर ६ र ७ बाट १२–१२ जना, वडा नम्बर ८ बाट ८ जना र वडा नम्बर ९ बाट १२ जना गरि एक सय जना रोजगारीको लागी स्वकृत भएका छन ।

कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा वडा नम्बर १ बाट १९ जना, वडा नम्बर २ बाट, २४ जना, वडा नम्रब ३ बाट १४ जना, वडा नम्बर ४ बाट ३६ जना, वडा नम्बर ५ बाट १२ जना, वडा नम्बर ६ बाट २२ जना, वडा नम्बर ७ बाट २३ जना, वडा नम्बर ८ बाट १२ जना र वडा नम्बर ९ बाट २७ जना समाबेश भएको रोजगार संयोजक तिमिल्सीनाले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर १ र २ मा तीन तीन वटा आयोजना संञ्चालन हुने छन । त्यस्तै वडा नम्बर ३ मा २, वडा नम्बर ४ मा ५, वडा नम्बर ५ मा २, वडा नम्बर ६ र ७ मा तीन तीन, वडा नम्बर ८ मा २ र वडा नम्बर ९ मा ३ वटा श्रममुलक आयोजना सञ्चालन हुने छन । रोजगारीमा समाबेश भएका नागरिकले कम्तीमा एक सय दिन नगरपालिकाले तोकेको आयोजनामा काम गर्न पाउने उहाँले बताउनुभयो ।







