सस्थांगत विद्यालय शिक्षक युनियक : सात बुदे माग राख्दै विज्ञप्ती जारी

संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरले विभिन्न सात बुदे माग राख्दै विज्ञप्ती जारी गरेको छ । गत बैसाख महिना देखि सस्थांगत विद्यालयका शिक्षकहरुले सेवा सुविधा नपाएको भन्दै संस्थागत विद्यालय शिक्षक युनियनले बिज्ञप्ती जारी गरेको हो ।

संस्थागत विद्यालयका शिक्षहरुको सेवा सुविधा दिन पटक पटक सम्बन्धि निकायलाई ज्ञापन पत्र, स्मरण पत्र र ध्यानाकर्षण पत्र मार्फत ध्यानाकर्षण गराउदा पनि माग सम्बोधन नभएको भन्दै विज्ञप्ती जारी गरिएको सस्थांगत विद्यालय शिक्षक युनियन कञ्चनपुरका सचिव शंकर दत्त जोशीले जानकारी दिनुभयो ।

युनियनले २०७७ बैसाख देखिको तलब मिति २०७७ मंसिर ३० गते भित्र भुक्तानी गर्नु पर्ने, शिक्षक कर्मचारिलाई निस्कासन गर्ने तथा मानसिक यातना दिने काम बन्द गर्नुपर्ने, मंसिर महिना देखि सरकारले तोके बमोजिमको तहगत पारिश्रमिक दिनुपर्ने, संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई तत्काल नियुक्ति पत्र दिनुपर्ने, शिक्षकलाई दैनिक आठ पिरियड सम्म काममा लगाएर मानसिक यातना दिने गरेकोले त्यसलाई घटाएर दैनिक ५ पिरियड सम्म काममा लगाईनु पर्ने, विद्यालयहरुले भौतीक रुपमै कक्षा सञ्चालन गरे पनि शिक्षकको हाजिरि नगरेकोले तत्काल हाजिरि गरिनुपर्ने, सामुदायिक विद्यालयका शिक्षकहरु सरह संस्थागत विद्यालयका शिक्षकहरुले पनि विभिन्न विदाहरु लिन पाउनुपर्नै लगायतका मागहरु राख्दै विज्ञप्ती जारी गरेको हो ।

युनियनले उठाएका मागहरु पटक पटक बेवास्ता गरिदै आएको भन्दै युनियनले तत्काल माग पुरा नभए कडा आन्दोलमा जाने समेत चेतावनी समेत दिएको छ । युनियन मागहरु पुरा नभए पुस १ गतेबाट सम्पुर्ण संस्थागत विद्यालय बन्द गरि कडा आन्दोलनमा जाने समेत युनियनका कञ्चनपुर सचिव जोशीले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?