दार्चुला । व्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा बसोबास गर्ने व्यासी सौँका समुदायको अन्तिम कुञ्चा दार्चुला सदरमुकाम खलंगा आइपुगेको छ । छाङरुका झण्डै एक सय १३ परिवार भारतको बाटो भएर खलंगा आइपुगेको दार्चुला प्रहरीले जनाएको छ ।

तिकंरको कुञ्चा मंसिर दोस्रो साता खलंगा झरिसकेको छ । छाङरुमा बसोबास गर्ने एक सय १५ परिवारमध्ये एक सय १३ परिवार बुधबार बिहान लालाबाला र पशुचौपायासहित भारतीय बाटो हुदै खलंगा आइपुगका हुन् । बाँकी दुई परिवार भने हिउँदमा समेत छाङरुमै बस्ने छन् ।

स्थित छाङरुनेपाल–भारत जोड्ने सितापुल नाकाबाट १९ गते अर्थात पाँच दिन पहिले खलंगाका लागि हिडेका व्यासी सौँका समुदाय आज खलंगा आइपुगेको स्थानीय ललित खत्रीले बताउनुभयो ।

दुबै देशका स्थानीय प्रशासनको पूर्व सहमति अनुसार आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खलंगा नाका खुला गरिएको छ ।

व्यासका स्थानीय गर्मी याममा खलंगाबाट व्यास गाउँपालिका वडा नम्बर १ उक्लिने र हिउँदमा व्यासबाट खलंगा झर्दै आएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?