बाजुरा: जन्ती बोकेको जीप दुर्घटना, ८ जना घाइते

दार्चुला । बाजुराको पूर्वी उत्तरी भेगका बुढीनन्दा नगरपालिका वडा नम्बर १ बार्ताेलामा बुधबार साँझ जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी तर्फ गईरहेकोो से १ ज ३१० नम्बरको जीप बार्ताेलामा दुर्घटना हुँदा ८ जना घाइते भएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ ।

धुलाचौरबाट विवाहको जन्ती बोकेर आएको उक्त जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ का ३७ वर्षीय टेकबहादुर बुढा र सोही गाउँपालिकाका ३७ वर्षीय जयबहादुर बुढा घाइते भएका छन् ।

यस्तै दुर्घटनामा परी बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय भीमबहादुर बुढा, सोही नगरपालिकाका १६ वर्षीय दिपेन्द्र बुढा, ३८ वर्षीया गंगा बुढा, २२ वर्षीया सविना बुढा, १८ वर्षीया सुस्मिता बुढा र बडीमालिका नगरपालिका वडा नम्बर ७ का तामांगकान्देन थापा समेत घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका सातै जनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपार भइरहेको छ । दुर्घटनामा परी घाइते भएका यात्रुका अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान गरिरहेको कोल्टी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?