दार्चुला । लेकम गाउँपालिका कार्यालयका नियमित सेवा प्रवाहका कामहरु एक हप्ताका लागि बन्द गरिएको छ ।
लेकम गाउँपालिकामा कार्यरत एक जना कर्मचारी र लेकम गाउँपालिका वडा नम्बर ४ का एक जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएकोले गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि र समुदायस्तरमा कोरोना फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरेर एक हप्ताका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
लेकम गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय रातामाटाको अनुरोधपछि मंसिर २६ गते शुक्रबार साझँ ७ बजेदेखि सात दिन सम्मका लागि संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार लेकम गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा र कार्यहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।





