दार्चुला । दार्चुलामा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मिलमिलीकी २८ वर्षीया बिस्ना धामीले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले जानकारी दिनुभयो ।

बिहिबार बेलुकी घरभन्दा करिब दुई सय मिटर टाढा (राम्ला) रामलको रुखमा प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा स्थानीय धामीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक धामीका एक दुई वर्षकी छोरी र नौँ वर्षको छोरा रहेको स्थानीय धरम सिह धामीले बताउनुभयो ।

दार्चुलामा पछिल्लो समय आत्माहत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । जिल्लामा चालु आर्थिक वर्षको हाल सम्म नौँ जनाले झुन्डीएर आत्मा हत्या गरेका छन । जिल्लामा आत्मा हत्या गर्नेको तथ्याङ्क हेर्दा पुरुषको भन्दा महिलाको संख्या बढी रहेको छ ।

दार्चुलामा गत आर्थिक वर्ष २०७६÷०७७ मा १८ जनाले आत्माहत्या गरेको प्रहरीको तथ्याङक छ ।

इन्सेक दार्चुलाका अनुसार करिब एक वर्षको अवधिमा बलात्कार तथा जबरजस्तीकरणीका सात वटा, घरेलु हिंसाका ३३ वटा, कर्तव्य ज्यान उद्योगका आठ वटा, गैरकानुनी गिरफ्तारका चार वटा र सरकारी सम्पत्ति क्षतिको एउटा मुद्धा परेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?