हिमाली भेगमा हिमपात, चिसो बढे सगै जनजीवन प्रभावित

दार्चुला । दार्चुलाको अपिहिमाल र नौगाड गाउँपालिकाका साथै उच्च हिमाली भेगहरुमा हिमपात सुरु भएको छ । शुक्रबार दिउसोबाट मौसममा आएको बदलीका कारण जिल्लामा चिसो बढ्नुका साथै उच्च हिमाली भेगहरुमा हिमपात भएको हो ।

जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ को तिंकर, छाङ्गरु, सितापुल लगायतका ठाउँहरुमा हिमपात भएको छ । अपिहिमाल गाउँपालिकाको उच्च भेगहरुमा हिमपात भएको स्थानीय योगेन्द्र धामीले जानकारी दिनुभयो । दुहुँ गाउँपालिकाको शिद्धटोपी, नौगाड गाउँपालिकाको वडा नम्बर १ को नागु, लक्सेरी, मानाकोट लगायत स्थानहरुमा समेत हिमपात भएको छ ।

शनिवार विहानै देखी हल्का वर्षा र हिमपात भैइरहेको छ । उच्च हिमाली भेगहरुमा हिमपात भए संगै ग्रामिण क्षेत्रहरुमा निकै चिसो बढेको छ । चिसो बढै संगै जिल्लामा मोषमी विरामीको संख्या बढेको छ ।

चिसो मौषम सुरु भएकोले स्वास्थ्य सर्तकता अपनाउन जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर गजेन्द्र दुवालले आग्रह गर्नुभयो । चिसो मौषम सुरु भए संगै मौषमी रुघाखोकी, स्वास प्रश्वासमा समस्या आउने, दम बढ्ने, बच्चाहरुमा नियोनिया लगायतका रोगहरु बढी लाग्ने भएकोले सर्तकता उपनाउन उहाँले आग्रह गर्नुभयो । त्यस्तै उहाँले विषेश गरि चिसोबाट बालबच्चा र बृद्धबृद्धा बढी समस्यामा पर्ने भएकोले सावधानी अपनाउन सबैमा आग्रह गर्नुभयो ।

मौषमी संक्रमणबाट बच्नको लागी न्यान्यो लुुगाहरु लाउने, झोलीलो खानेकुराहरु बढी मात्रामा खाने र न्यानो भएर बस्नु पर्ने चिकित्सकहरुको सुझाब छ ।

लेकाली क्षेत्रमा वर्षा नभएकोले किसानहरु भने चिन्तित बनेका छन् । आकासे पानीको भरमा खेती गर्दै आएका किसानहरु पानी पर्ने आसामा आकास हेरेर बसेका छन् । वर्षा नभएको कारण खेतमा लगाएको गहुँ हुर्कन नपाएको लेकम गाउँपालिका वडा नम्बर ५ का स्थानीय शम्भुराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?