दार्चुला । बैतडीमा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५२ जनाको परीक्षणमा गर्दा पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोरोना भाइरस फोकल पर्शन भुवन जोशीले जानकारी दिनुभयो ।
आज पुष्टि हुनेमा पाटन नगरपालिका वडा नम्बर ६ का तीन पुरुष र दुई महिला रहेका उहाँले बताउनुभयो । आज थप पाँच जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कोरोना संक्रमितको संख्या पाँच सय ९० पुगेको छ ।





प्रतिक्रिया