विप्लव समूहले हत्या गरेका शिक्षकलाई शहिद घोषणा गर्न माग

दार्चुला । विप्लव समूहले हत्या गरी मारेका मोरङका शिक्षक राजेन्द्र कुमार श्रेष्ठलाई शहिद घोषणा गर्न एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दार्चुलाले माग गरेको छ ।

हत्या गरिएका शिक्षकलाई शहिद घोषणा, दोषीमाथी कार्बाही र क्षतीपुर्तीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र बुझाएको एकीकृत अखिल नेपाल शिक्षक संगठन दार्चुलाका अध्यक्ष जनक सिंह धामी जानकारी दिनुभयो ।

आफ्ना संगठनका सदस्य इमान्दार र कुशल शिक्षक श्रेष्ठलाई यही मंसिर २३ गते अपहरण गरि हत्या गरिएकोप्रति संघठनको घोर आपत्ती रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दार्चुला द्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ।

विद्यालय शान्तिक्षेत्रका रुपमा गरिएको घोषणा र प्रतिबद्धतालाई कार्यान्वयन गर्न, विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई निर्भिकतापूर्वक पठनपाठनमा संलग्न हुने वातावरण श्रृजना गर्न पनि सरकारसंग अपिल गरिएको छ ।

उक्त घटनाको विरोधमा केन्द्रीय कमिटिले गृह मन्त्रालय, प्रदेश कमिटिले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला कमिटिले सम्बन्धित जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएको संगठनले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?