दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय रातामाटामा अद्ययनरत चार जना विद्यार्थीका दुई जना अभिभावकमा कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।
प्रधानाद्यापक श्यामराज जोशीको अध्यक्षतामा बसेको बैठकले विद्यालयको सेवा क्षेत्रभित्र दुई जना अभिभावकमा कोरोना पोजेटिभ देखिएकाले पुष १ गतेदेखि एक हप्ताका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको विद्यालयका शिक्षक मनोज जोशीले जानकारी दिनुभयो । विद्यालय बन्द गरिएको बारे गाउँपालिकालाई जानकारी गराइने उहाँले बताउनुभयो ।
गत चैतदेखि बन्द रहेको विद्यालय यही मंसिरदेखि सञ्चालनमा आएको थियो । तर अभिभावकलाई संक्रमण पुष्टि भएपछि विद्यालय पुनः एक हप्ताका लागि बन्द भएको हो।
यसैबिच लेकम गाउँपालिका वडा नम्बर ४ मा अवस्थित गल्ला केदार माबि खरकडामा पनि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । विद्यालयका प्रधानाद्यापक दामोदर पन्तका अनुसार पुष १ गतेदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको हो ।





प्रतिक्रिया