दार्चुला । दार्चुल जिल्ला सदमुकाम पुलघाटमा होल्डिंग सेन्टरको स्थापना गरिएको छ ।
कोरोना महामारीबाट जोगिन स्वास्थ्य सुरक्षा सर्तकता अपाउने उदेश्यका साँथ होल्डिंग सेन्टर स्थापना गरिएको हो ।
नेपाल भारत जोडने नाका पुल घाँटमा आवत जावत गर्ने नागरिहरुका लागि गुडनेभरको आर्थिक तथा संकल्प दार्चुलाको सहयोगमा होल्डिक सेन्टरको स्थापना गरिएको संकल्प दार्चुलाका कोडनेटर नारायण जोशीले जानकारी दिनुभयो ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि होल्डिंग सेन्टर निर्माण गरि दुई देश जोडने नाका भएकाले आवतजावत बढि हुने हुदा सबै नागरिकलाई सहज भनेर स्वास्थ्य सुरक्षाका साधनहरु सेनिटाईजर, ज्वरो नाप्ने थर्मोमिटर, मास्क तथा सबुनहरुको व्यवस्थापन समेत गरिएको छ ।
होल्डिंग सेन्टरमा आवत जावत गर्ने नागरिकलाई हात धुन लगाई विना माक्स हिडिरहेकाहरुलाई माक्स वितरण गरि कोरोना महामारी कमगर्न सहयोग पुगाउने उदेश्यले गुडनेभर ईन्टरनेस्नल नेपाल र संकल्प दार्चुलाले स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरेका छन् ।





प्रतिक्रिया