दार्चुला ।प्रधानमन्त्री कप सुदुरपश्चिमको छनौट खेलमा कैलालीले दार्चुलालाई ११७ रनले पराजित गरेको छ ।
कैलालीले दिएको १६२ रनको लक्ष्य पन्छाएको दार्चुला ४४ रनमा अलआउट भयो ।
दार्चुलाका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कैलालीका शेर मल्लले सर्वाधिक ३ विकेट झारे ।
यसअघि खुलामञ्च खेलमैदानमा पहिला ब्याटिङ गरेको कैलाली २९ दशमलव १ ओभरमा १६१ रनमा समेटियो । उसका लागि दीपेन्द्र थापाले ४२ तथा वशन्त कार्कीले ३९ रन हिर्काए ।
दार्चुलाका लागि राज बम, विपिन धामी, करन डडाल, जनक बडाल र विरेन्द्र बमले समान २÷२ विकेट लिए । कैलालीका दीपेन्द्र थापा म्यान अफ द म्याच भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।





प्रतिक्रिया