दार्चुला । नौगाड गाउँपालिकाले कम्युनिष्ट आन्दोलन दार्चुलाका संस्थापक तथा पूर्व जिल्ला विकास समिति उपसभापति नेकपा स्वर्गिय नेता बीरबहादुर ठगुन्नाको शालीक निर्माण गर्ने निर्णय गरेको छ ।
दार्चुलाको कम्युनिष्ट आन्दोलनका संस्थापक स्वर्गीय नेकपा नेता ठगुन्नाले समाजका लागि गरेको योगदानको सम्मान स्वरुप गाउँपालिकाले शालीक बनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा बसेको आठौँ गाउँसभाबाट कम्युनिष्ट आन्दोलन दार्चुलाका संस्थापक एवं समाज कल्याण परिषदका तत्कालिन कोषाध्यक्ष समेत रहेका स्वर्गीय नेकपा नेता ठगुन्नाको शालीक बनाउने निर्णय गरेको हो ।
शिक्षण पेशमा रही प्रधानाध्यापक समेत भइसक्नुभएका ठगुन्नाले शिक्षण पेशालार्ई त्याग्दै कम्युनिष्ट आन्दोलन दार्चुलाको संस्थापक बनेर जिल्लामा कम्युनिष्ट आन्दोलन सफल पारेका थिए ।
नेता ठगुन्नाको गत कार्तिक १२ गते उपचारका क्रममा काठमाण्डौँ स्थित केएमसी अस्पतालमा निधन भएको थियो ।





प्रतिक्रिया