दार्चुला । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) दार्चुलाका नेता एबं सफल उद्यमी गौरसिंह बोहराको निधन भएको छ ।
नेकपा मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का वडा कमिटि अध्यक्ष एबं २०५६ सालमा तत्कालिन नेकपा एमाले बाट निर्बाचित साविकको भगवती गाबिस उपाध्यक्ष गौर सिह बोहराको बुधबार निधन भएको नेकपा दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
मृतक बोहरा राजनीति संगै समाजसेवी र सफल उद्यमीका रुपमा परिचित हुनुहुन्छ । उहाँ मौरीका आधुनिक घार निर्माण गरि बिक्री बितरण गर्नुका साथै मौरी पालन समूहलाई घरघरमा नै गएर आधुनिक घारमा कसरी मौरी पालन गर्ने भनेर सिकाउने अगुवा उद्यमीको रुपमा परिचित रहेको घरेलु तथा साना उद्योग विकास कार्यालयले जनाएको छ ।
बोहरा आफैले एक सय ५० वटा घारमा मौरी पालन गर्नुभएको छ ।




