दार्चुला। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ सिल्लेगाडाबाट मणिलेकतर्फ जादै गरेको सु.प.प्र.००१ त ४९५७ नम्बर ट्याक्टर बिहीबार (आज) बिहान ९ बजे घाेडेधारमा दुर्घटना हुदाँ चालकको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ का ३० बर्षीय चालक महेश बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो।
ट्याक्टरमा अन्य ४ जना पनि सवार रहेका भएपनि उनीहरुले सकुसल रहेका प्रहरीले जनाएको छ ।





प्रतिक्रिया