पीएम कप छनोटः बैतडी र अछाम फाइनल प्रवेश

दार्चुला । कञ्चनपुरमा भइरहेको प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट अन्तरगत बैतडी फाइनलमा प्रवेश गरेको छ।

बैतडीले कैलालीलाई ८ रनले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको हो। बैतडीले अब शुक्रबार उपाधिका लागि अछामसँग प्रतिस्प्रर्धा गर्नेछ।

यस्तै आजै भएको अर्को खेलमा बझाङले दार्चुलालाई ४ विकेट हराएको छ। यी दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

गत मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताउनुभयो ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यही पुस ११ गतेबाट हुदैंछ। महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ।

प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?