चिसोमा बच्चाको हेरचाहः के खुवाउने, के नखुवाउने ?

जाडोको मौसम होस् या जाडो सुरु हुने बेलामा देखिने मौसम परिवर्तनको समय, मान्छेको स्वास्थ्यका लागि यो समय निकै संवेदनशील समय हो । अनेक फ्लुले पनि यही समयमा मान्छेको स्वास्थ्यमा आक्रमण गर्ने गर्छ ।

अहिले कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैमाथि चिसोको मौसममा मान्छेमा निमोनिया, रुघाखोकी जस्ता समस्याहरु देखिने भएकोले यसमा ध्यान दिनु आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।

तर चिसो मौसममा स्वास्थ्यको ख्याल कसरी गर्ने ? बच्चा र बुढाबुढीलाई कसरी चिसोबाट सुरक्षित राख्ने ? भन्ने जिज्ञासामा पहिलो उत्तर आउँछ खानपानमा ख्याल गर्नु ।

खानपानमा ख्याल राख्नु चिसोको लागि अत्यन्त आवश्यक हुन्छ । नवजात शिशु होस् या किशोरावस्थामा नपुगेका बच्चा नै किन नहुन्, घरमा आमालाई एउटै सोचले चिन्तित गराइरहेको हुन्छ, कि चिसो मौसममा स्वस्थ रहनको लागि कस्तो खानपानको सही हुन्छ ?

जाडो मौसममा यी कुरा खानामा समावेश नगर्नुहोस् ।

१. दहीको प्रयोग

२. चामल र चामलजन्य खाद्यान्नको धेरै प्रयोग

३‍. भुटेका चीजहरूबाट टाढा रहनुहोस्

४. चिसो खानेकुरालाई खानामा सामेल नगर्नुहोस्

खानामा सामेल गराउन उपयुक्त कुराहरू

१. मौसमी तरकारीको सुप बनाएर वा अन्य कुनै सुप तयार पारेर बच्चालाई खुवाउनुहोस् ।

२. हरेक दिन तातो दूध खुवाउनुपर्छ । कहिलेकाहीँ स्वाद बदल्नको लागि यसमा बदाम मिसाइदिन सकिन्छ ।

३. दाल वा दालजन्य खानेकुरा खुवाउनुहोस् ।

४. दाल मिसाएर बनाइएको खिचडी बच्चाको लागप उपयुक्त हुन्छ ।

५. तपाईं बच्चालाई टेस्ट बदल्नको लागि अण्डा दिन पनि सक्नुहुन्छ ।

६. बच्चालाई जाडोमा मह खुवाउनु पनि उपयुक्त हुन्छ ।

७. जाडोमा शखरखण्ड स्वास्थ्यको लागि उपयुक्त हुन्छ । यदि तपाईंको बच्चाले शखरखण्ड खाइरहेको छैन भने शखरखण्डकै सुप बनाएर पनि खुवाउन सक्नुहुन्छ ।

८. सुक्खा फललाई खानामा समावेश गर्नु उपयुक्त हुन्छ ।

९. यदि तपाइँको बच्चा मिठाइमा आशक्त छ भने उसलाई शखर खान दिनुहोस् । यो तपाईंको बच्चाको स्वास्थ्यको लागि पनि धेरै लाभदायक हुनेछ।

१०. सकेसम्म हरियो तरकारीहरू खान दिनुहोस् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?