दार्चुला । लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ माबि कुणीको ४१ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम कोरोना भाइरसको जोखिमका कारण यो वर्ष अनौपचारीक रुपमा सम्पन्न भएको छ ।
बिक्रम सम्बद २०३७ साल पौष २ गते स्थापना भएको विद्यालयमा हरेक वर्ष पौष २ गतेका दिन वार्षिकोत्सब कार्यक्रमको आयोजना हुने गरेकोमा यो वर्ष स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सिमित व्याक्तिहरुको बिचमा कार्यक्रम सम्पन्न भएको हो ।
हुनैनाथ माबि कुणीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाद्यापक अम्बादत्त जोशीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको वार्षिक कुल आय एक करोड ४० लाख ७७ हजार चार सय ५६ रुपैँया र व्यव एक करोड २२ लाख ९७ हजार ६३ रुपैँया रहेको छ । विद्यालयसंग कुल १७ लाख ८० हजार तीन सय ९२ रुपैँया बचत रहेको प्रधानाद्यापक जोशीले बताउनुभयो ।
कक्षा १२ सम्मको शिक्षा संकाय र प्राविधिक धारतर्फ प्रि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ विषय पठनपाठन भइरहेको माबि कुणीको प्रगति र शैक्षिक विकासका लागि थप क्रियासिल हुने विषयमा विद्यालय परिवारले समिक्षा तथा अगामी योजनाबारे छलफल गरेर कार्यक्रम सम्पन्न भएको प्रशिक्षक चन्द्रदेब जोशीले जानकारी दिनुभयो ।




