बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ९ मार्तडीका ३७ वर्र्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो । आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीको भनाइ छ।





प्रतिक्रिया