दार्चुला । प्रधानमन्त्री कप (पीएम) एकदिवसिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि अछामले जितेको छ ।

कञ्चनपुरको कबर्डहलमा भएको फाइनल खेलमा बैतडीलाई १५ रनले हराउदै अछामले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको अछामले ३८ ओभरमा अलआउट हुदै १ सय ६४ रन बनाएको थियो । अछामकालागी सुरज तिरुवाले ६१ र सञ्जु दमाईले २४ रन बनाए । बैतडीका लागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान तीन तीन विकेट लिए । यस्तै गजेन्द्र बोहराले २ र कप्तान राम चन्दले १ विकेट लिएका थिए ।

अछामले दिएको १ सय ६५ रनको लक्ष पछ्याएको बैतडीले २८.१ ओभरमा अल आउट हुदै १ सय ४९ रन मात्रै बनायो । बैतडीका लागि प्रदिप चन्दले ३० तथा बिरेन्द्र नाथले २७ रन बनाए । अछामका सुरज तिरुवाले ३ विकेट लिए । म्यान अफ द म्याच पनि तिरुवा नै भए ।

प्रतियोगितामा सर्बाधिक १४ विकेट हासिल गर्ने बैतडीका खडक बोहरा बेस्ट बलर चुनिएका छन । कञ्चनपुरका किरन ठगुन्ना बेस्ट ब्याट्सम्यान चुनिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नै डडेल्धुराका सन्तोस भट्ट म्यान अफ द सिरीज चुनिएका छन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?