‘वाइड नेपाल ब्याडमिन्टन कप’ अन्तरगत लिग चरणका १२ खेल सम्पन्न

दार्चुला । ’वाइड नेपाल ब्याडमिन्टन कप २०७७’ को आज पहिलो दिन लिग चरणका १२ वटा खेल सम्पन्न भएका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लाका २६ पुरुष टोलिको सहभागिता रहेको सो खेलमा लिग चरणका १२ खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।

आज भएको पहिलो उद्घाटन खेलमा आयोजकका भुवन भण्डारी र सुवर्ण विकको जोडिलाई पाटनका अंकित बोहरा र रितिक भण्डारीको जोडिले पराजित गर्दै शुरूवाती जित निकाल्न सफल भएका थिए । अंकित र रितिकको जोडि आजै भएको अर्को खेलमा गोठलापानीका आनन्द थापा र महेश भट्टको जोडीसित भने पराजित भएको छ ।

त्यस्तै आज भएको अर्को खेलमा करन कार्की र हर्क धामीको जोडिलाई पराजित गरेको करन भडारी र ज्ञानसिंह भण्डारीको जोडि योगेन्द्र चन्द र बिरेन्द्र जोशीको जोडिसित पराजित भएको छ । यस्तै जगदीश चन्द र जगदीश साउदको जोडिले पनि बिबेक साउद र निराजन भण्डारीको जोडिलाई पराजित ग¥यो, भवानी भट्ट र महेश भट्टको जोडिशीत स्तब्ध रहेको यो जोडि नरेन्द्र नाथ र सन्तोष भण्डारीको जोडि शीत समेत पराजित हुँदै खेलबाट बाहिरिएको आयोजकले बताएको छ ।

आजै भएको अर्को खेलमा झुलाघाटका दशरथ र कैलाश महरको जोडिलाई पराजित गर्दै बिर बहादुर खाती र रोशन बिष्टको जोडिले समेत आफ्नो आगामी यात्रा सुरक्षित गरेको छ । यस्तै दार्चुलाका अनुभवी खेलाडी नारायण दाहाल र दार्चुलाका सशस्त्र प्रहरी प्रमुख नरेन्द्र बहादुर बमको जोडिले गोकुलेश्वरका सुरेश बिष्ट र प्रकाश बिष्टको जोडिलाई पराजित गरेको छ।

वाइड नेपालले आयोजना गरेको यस ब्याडमिन्टन कपको उद्घाटन समारोहमा संस्थाका अध्यक्ष बिस्ना धामीको अध्यक्षता रहेको थियो भने जिल्ला खेलकुद बिकास समिति दार्चुलाका अध्यक्ष नारायण दाहाल प्रमुख अतिथि रहेको ’वाइड नेपाल ब्याडमिन्टन कप २०७७’ का खेल व्यवस्थापक भुवन भन्डारीले जानकारी दिनुभयो ।

आजबाट सुरू भएको खेल पौष ५ गते सम्पन्न हुने खेल व्यवस्थापक भण्डारीले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?