दार्चुलामा ६० वर्षिया बृद्धाद्धारा आत्महत्या

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक जना बृद्धाले आत्महत्या गरेकी छिन् ।

नगरपालिकाको वडा नम्बर ६ खेडा बस्ने जय सिह धामीकी श्रीमती ६० वर्षिया टिङ्का देबि धामी झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुष्कर सिंह एरीले जानकारी दिनुभयो ।

विहिबार साझँ ६ बजे घरबाट  पाँच सय मिटर टाढा खेतको रुखमा झुण्डीएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो ।

मृतकको गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?