दार्चुला । बझाङको केदारस्यु गाउँपालिकाको बागथला र बुंगल नगरपालिका विजगडा हुदै दार्चुला जोड्ने बागथला विजगडा गनै सडकको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहराले शुक्रबार एक कार्यक्रमका विच सडक शिलान्यास गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको ८२ करोडको लागतमा निमार्ण हुन लागेको उक्त सडकको धनगडिको केएस कन्सटक्सनले निर्माणको जिम्मा पाएको छ । दुई वर्ष भित्र निमार्ण सम्पन्न गर्ने गरि २४ किलोमिटर सडकमा मेसिनरी वाल, कल्भड नाली र सडक कालोपत्रे हुने भएको छ । सडक स्तररोन्नतीको काममा बाधा नआए सम्झौता अवधीमै काम सम्पन्न हुने मन्त्री बोहोराले बताउनुभयो ।
उक्त सडक शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बोहोराले पछिल्लो समय पहाडी जिल्लाहरुमा विकासका पुर्वाधार नभएको हुदाँ बसाई सर्नेको संख्या बढ्दै गएको अवस्थामा यस सडक आयोजनाले बसाइसराई दरलाइ पनी कम गर्ने धारणा राख्नुभयो । बुंगल क्षेत्रमा प्रशस्त विकासको सम्भावना भएको भए पनी सडक संञ्जालको पहुँच नहुदाँ ओझेलमा परेको भन्दै प्रदेश सरकारले यि सम्भावनाहरुलाइ उजागर गर्दै यो क्षेत्रको विकासका साथै स्वरोजगार तथा आर्थिक उन्नतीका लागी विभिन्न योजनाहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
अहिले जिल्लाका साइपाल गाउँपालिका बोहेक ११ ओटै स्थानिय तहका केन्द्र सम्म सडक संजालको पहुँच पुगेको छ । गाउँगाउँमा सडक संजाल जोडिएपछी नागरिकहहरुलाइ सहज भएको छ ।
कालोपत्रे हुने सडकको शिलान्यास गर्न मन्त्री बोहरा सहित प्रदेश सभा सदस्य देवकी मल्ल, शान्ति नेपाली सहित जिल्लाका सुरक्षा निकायका प्रमुख सहित मन्त्रालयका कर्मचारीहरु कार्यक्रमस्थल पुगेका थिए ।





प्रतिक्रिया