दार्चुला । दार्चुलामा शुक्रबार (आज) दुई जना महिला मृत फेला परेका छन ।

शैल्यशिखर नगरपालिकाका दुई महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आज विहान दार्चुला र बैतडीको सीमा नदी चमेलिया नदिको किनारमा शैल्यशिखर नगरपालिका ६ उल्लानीका ४० वर्षिया सरिता धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सरिता बिहीबार बिहान घरबाट एक्कासी बेपत्ता भएकी घरपरिवारले बताएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजे बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ चम्तडीस्थित चमेलिया नदी किनारमा उहाँ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै शैल्यशिखर नगरपालिकाकै वडा नम्बर ६ खेडा बस्ने जय सिह धामीकी श्रीमती ६० वर्षिया टिङ्का देबि धामी पनि झुण्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो ।

विहिबार साझँ ६ बजे घरबाट ५ सय मिटर टाढा खेतको रुखमा झुण्डीएको अवस्थामा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उहाँको शव पोष्टमाटम गरि आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?