दार्चुलाका तीन स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

दार्चुला । दार्चुलाको तीन वटा स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएका छन् ।

लेकम गाउँपालिकाको रातामाटा, नौगाड गाउँपालिकाको होपरीगाड र मार्मा गाउँपालिकाको लाम्बगरमा चालु आर्थिक वर्षदेखि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं कबिराज निरीक्षक लोकेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

नागरिक आरोग्य सेवा केन्द्रबाट बिरामीको नियमित परीक्षण, निःशुल्क आयुर्बेदिक औषधी बितरण लगायतका सेवाहरु उपलब्ध हुनेछन् । कबिराज निरीक्षक जोशीका अनुसार, सरकारले आयुर्बेद औषधीलाई समेत अत्यावश्यकिय सेवा अन्तरगत राखिसकेकोले विशेषगरी बाथ रोग, अम्लपित्त, युरिक एसिड, दम, उच्च रक्तचाप, सुत्केरी महिलाका लागि दुग्ध बर्धक औषधी, जेष्ठ नागरिकहरुका लागि शक्तिवद्र्धक आयुर्बेद औषधीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुबाट बितरण भइरहेका छन् ।

पछिल्लो समय आयुर्बेदिक औषधितर्फ नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्बेदिक औषधि सस्तोका साथै स्वास्थ्यबद्र्धक हुने र दिर्घकालिन असरहरु पनि नपर्ने भएकोले नागरिकको आकर्षण बढेको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?