दार्चुला । शनिबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बझाङ अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ७९ जनाको परीक्षण गर्दा थप ४९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनुभयो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७३ जनाको नमूना परीक्षण गर्दा ४० जना, डडेल्धुरा अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा २ जना, जिल्ला अस्पताल डोटीमा १९ नमूना परीक्षण गर्दा १ जना, जिल्ला अस्पताल बझाङमा १५ नमूना परीक्षण गर्दा २ र कमलबजार नगरपालिकाको प्रयोगशालामा ६० जनाको नमूना गर्दा ४ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताउनुभयो ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार २ सय ४२ जनाले कोरोना जितेका छन् भने ६८ जनाको मृत्यु भएको छ।





प्रतिक्रिया