दार्चुला । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद विघटन असंबैधानिक र अलोकतान्त्रिक भएको बताउनु भएको छ ।
सोमवार (आज) प्रेस युनियन दार्चुला शाखाले दार्चुला सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै नेता बडूले संसद विघटन असंबैधानीक र अराजनैतीक ढंगले अधिनायकबादी शैलीमा भएको बताउनुभयो ।
‘आफूहरुले सुरु देखि नै ओलीले सबै शक्ति आफ्नो हातमा लिएर कसैलाई प्रवाह नगरी अधिनायकबाद ल्याउदै छन् भनेका थियौ, अहिले त्यही भयो । उहाले भन्नुभयो
‘नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार प्रदान नगरेको उहाँको भनाई छ ।
राष्ट्रपतिले संसद विघठनको सिफारिस सदर गर्नु गलत कदम भएकोले नेपाली काग्रेशले यसको प्रतिरोध गर्ने उहाँले बताउनुभयो । यसले भविष्यमा राजनैतिक अस्थिरता निम्त्याउने र नयाँ अस्थिरतामा मुलूक जाने प्रति चिन्ता व्यक्त गर्दै उहाँले न्यायपालिकाले यसलाई उल्ट्याउनेमा विश्वास व्यक्त गर्नुभयो।




