‘सीमा सुरक्षा गर्ने सुरक्षाकर्मीका दुःख : सिरान मुनि बन्दुक राखेर सुत्छौ’

दार्चुला । नेपाल सरकारले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले २०७७ साल बैशाख महिनामा ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुको गागामा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्यो ।

कालापानी भन्दा झण्डै १२ किलोमिटर तल बीओपी स्थापना गरेर कालापानीमा बीओपी स्थापना गर्यौ भनेर झुटको खेती गर्दै जनताको वाइवाइ पनि बटुल्यो सरकारले । छाङरुमा बीओपी स्थापना संगै पटकपटक त्यहाको स्थलगत अध्यन भ्रमणको लागि सुरक्षा निकायका प्रमुख देखि सरकारका उच्च पदाधिकारी र गृहमन्त्री सम्म यहाँ हेलिकप्टरमा गए । छाङरुको बीओपीलाई गुल्ममा स्तरोन्नती गरियो तर उनिहरुका लागि उचित आवासको व्यवस्था हालसम्म गर्न सकेको छैन् ।

सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मको भवन शिलान्यास गर्न ब्यास गाउँपालिकाको वडा १ छाङरु पुगेका गृहमन्त्री रामबहादुर थापा, सशस्त्र प्रहरी प्रमुख, गृह सचिव लगायत उचपदस्थ नेता र सुरक्षा अधिकारीले त स्थानीयसंगै एक रात छाङरुमै बसेर भलाकुसारी पनि गरे । गृहमन्त्री छाङरुमा रहेको प्रहरी चौकीको भत्किन लागेको भवन पनि हेर्न गए चिया खाएर आए साथै सशस्त्र प्रहरी संगै नेपाल प्रहरी लाई पनि बाह्रै महिना छाङरुमै बस्न निर्देशन दिइयो तर सुरक्षाकर्मी कसरी बस्छ? के खाएर बस्छ? बिरामी हुँदा उपचार कहाबाट गर्छ ? हिउँमा बस्न लायक घर लुगाफाटो छन कि छैनन् ? सोच्नु भएन निर्देश दिनु थियो दिए !

No description available.

हिउँदमा छाङरु मा सुरक्षाकर्मी बसेपनी ब्यास गाउँपालिका वडा नम्बर १ को छ्यालेकमा रहेको सीमा प्रहरी चौकी तिङकर को टोलि भने कुन्चा संगै बेँसी झरेको छ । दार्चुलाको ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकर त्रीदेशिय सिमानाका भएको क्षेत्र सामरिक महत्तवको ठाउँ भएकोले यस क्षेत्रको सुरक्षाले निकै महत्त राख्दछ । हिउँमा बस्ने आधारभूत साधन सम्म राज्यले उपलब्ध नगराउदा हिउँदमा चिसो छल्न बेँसी झर्छौँ छ्यालेक प्रहरी चौकिका इन्चार्ज हर्क महताले भन्नुभयो, तिङकर बाट छ्यालेक हुँदै नेपाल १ नम्बर पिलर भएर चिनको ताङलाकोट हुदै तिब्बत सम्म जान सकिने र छ्यालेक बाट माथिल्लो टाटा हुँदै भारतको नाभीढाङ सम्म जान सकिने भएकाले हिउँदमा छ्यालेक बाट प्रहरी तल झरेको मौकामा चोरी तस्करी गर्नेहरु चिनको ताङलाकोट सम्म पुग्ने गर्छन् र भारतीय सैनिकहरु हतियार सहित नाभिढाङ बाट नेपाल आएर कस्तुरी मृगको सिकार गरेर लिने गर्छन् ।

No description available.

हिउँदमा राज्यको उपस्थिति हुन नसक्दा उक्त क्षेत्रमा तस्कर र बिदेशी शैनिकको रजाइँ बढेको छ ।
छ्यालेक प्रहरी चौकिका इन्चार्ज महता भन्छन, आफ्नो भूमी को रक्षा गर्न छोडेर जान मन हामीलाई पनि हुँदैन तर के गर्ने न त यहाँ प्रहरी को बस्ने भवन छ, न हिउँमा लगाउने लुगाफाटो छ, न औसधि उपचार छ, माटोले छानो छोएर बस्नुपरेको छ । एउटा कोठा भान्सा ब्यारेक कार्यालयको रूपमा प्रयोग गर्छौ, खानेपानी छैन, हिउँदमा हिउँले पानी जमेर बरफ बन्छ पानी नै पाइदैन ! भवनको झ्याल ढोका छैन, शौचालय छैन, हतियार राख्ने दराज छैन, सिरान मुनि हतियार राखेर सुत्छौ ! खानलाई थाल छैन, पालैपालो गरेर ४ थालमा खान्छौ ओढ्ने कपडा नहुदा संगै सुतेर तातो हुन्छ भनेर एउटै ओछ्यान मा सिपाही देखी हाकिम सम्म सुत्छौ । हिउँदमा १० फिट हिउँ पर्ने भएकोले बस्न नसकिने हुँदा ज्यान जोगाउन सदरमुकाम झर्छौ, राज्यले ब्यवस्थित भवन बनाए हिउँमा आवश्यक पर्ने लुगाफाटो उपलब्ध गराइदिए हामी बार्है महिना सिमानामा खटिन तयार छौ छ्यालेक प्रहरी चौकीमा कार्यरत प्रहरीको भनाइ छ ।

छाङरुमा रहेको सितापुल प्रहरी चौकिको ब्यथा पनि शब्दमा व्यक्त गर्न सकिने छैन ! २०२७ सालमा स्थापना भएको सितापुल प्रहरी चौकीको भवन पनि जिर्ण छ । छानोमा माटो हालेर छाएको छ । फर्निचर छैन, खानेपानी छैन । विगतका वर्षमा हिउँदमा छाङरु तिङकरको कुन्चा संगै तल झर्ने सितापुल प्रहरी चौकी यस वर्ष सशस्त्र प्रहरी बस्ने भए संगै छाङरुको गाउँमा स्थानीयको घर भाडामा लगेर सितापुल प्रहरी चौकी पनि बार्है महिना छाङरु मै बस्ने भएको छ । सरकारले सीमा सुरक्षाको लागि हिउँदमा पनि छाङरुमै बस्ने भन्यो तर हिउँद कसरी काट्ने भन्ने चिन्ता सुरक्षाकर्मी लाई छ एक जना प्रहरी जवानले दुखेसो पोख्नुभयो ।

हिउँदमा छाङरु बस्ने सुरक्षाकर्मीलाइ रासन लत्ताकपडा को चिन्ता छ । प्रयाप्त रासन छैन बाक्लो कपडा छैन, जुत्ता छैन, दुःख गरेर सिमाना बस्छन् सुरक्षाकर्मी तर कसरी बसेका छन् राज्यले चासो राख्दैन । विकट ठाउँमा खटिने सुरक्षाकर्मीलाइ दिनुपर्ने दुर्गम सेवा पदक पनि आफ्ना आसेपासे बाहेक दुर्गम क्षेत्रमा ज्यानको बाजी थापेर सीमा सुरक्षा गर्ने सुरक्षाकर्मीलाइ दिदैन सरकार । छाङरु जस्तो संबेदनसिल क्षेत्रमा खटिने सुरक्षाकर्मीलाइ बिशेष दुर्गम भत्ताको ब्यवस्था गरेर प्रोत्साहन गर्नुपर्ने हो तर सरकारले कुनै पनि सहयोग नगर्दा हामी अर्कै देशका सुरक्षाकर्मी हौ कि जस्तो लाग्छ भन्छन् सुरक्षाकर्मी ।

No description available.

दार्चुला सदरमुकामबाट नेपाली बाटो भएर छाङरु तिङकर पुग्न चार दिन लाग्छ । हिउँदको बेला चिसो बढेर कोहि सुरक्षाकर्मी बिरामी भए तत्काल प्राथमिक उपचार सम्म पाउने सम्भावना छैन । छाङरुको स्वास्थ चौकी पनि कुन्चा संगै खलंगा झरेको छ, हेलिकप्टर को विकल्प छैन तर हेलिकप्टर सुर्खेतबाट आउनुपर्छ त्यसको लागि प्रक्रिया लामै छ । अर्कोतिर नेपाली भुमि अतिक्रमण गरेर बसेको भारतले स–साना कामका लागि पनि हेलिकप्टर उडाउछ । जबकि भारतीय सिमापट्टी सडक पनि पुगेको छ । नेपालतर्फ सडक त टाढाको कुरा हिड्ने बाटो समेत सुरक्षित छैन् ।

पारीपट्टी हेलिकप्टर बाटै सुरक्षाकर्मीका लागि खाद्यान्न ओसारिन्छ, सामान ढुवानी देखि जनशक्ति आवतजावत सम्म सबै काम गर्न हेलिकप्टर कै प्रयोग गरिन्छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रमा बस्ने भारतीय सुरक्षाकर्मीको लागी बार्है महिना बस्न मिल्ने भवन छ । कालापानी क्षेत्रमा त बङकर र हट हाउसहरुको व्यवस्थापन छ । हिउँमा लगाउने न्यानो लुगा आवश्यक स्रोत साधन पर्याप्त छ तर नेपालका सुरक्षाकर्मी भने भाडाको घरमा बसेर एउटा सिलिपिङ ब्याग र ज्याकेट को भरमा सीमा सुरक्षा गर्दैछन् । श्रोत साधनको अभावमा सिरानी मुनी बन्दुक राखेर सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको समस्या समाधानमा तत्काल नेपाल सरकारको ध्यान पुगोस । धन्यबाद ।

लेखक दिपक खाती विद्यार्थी नेता तथा ब्यास गाउँपालिकाका स्थानीय युवा हुन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?