दार्चुला । प्रतिनिधिसभा संसद विघटनको पक्ष र विपक्षमा देशभरी प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री केपी सर्मा ओलीले संसद विघटन गरेपछि संबिधान विपरीत कदम भन्दै नेकपाकै अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र वरिष्ट नेता माधब कुमार नेपाल समुहका साथै प्रतिपक्षी दलहरुले बिरोध प्रदर्शन गरिरहेका छन् ।
मंगलबार बेलुकी ६ बजे नेबिसंघ दार्चुलाले संबिधान मिचेर संसद विघटन गरिएको भन्दै दार्चुला सदरमुकाम खलंगा पुलघाट नजिक प्रधानमन्त्री केपी सर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारीको पुत्ला दोहन गरेको नेबिसंघ दार्चुलाका प्रक्तता दिपक खातीले जानकारी दिनुभयो । संसद विघटनपछि नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त ऐतिहासीक उपलब्धि गुम्ने खतरा बढेको भन्दै प्रतिरोध स्वरुप विरोध प्रदर्शन र पुत्ला दोहन गरिएको उहाँले बताउनुभयो ।
सोमबार नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र वरिष्ट नेता माधब कुमार नेपाल समर्थक युवा तथा कार्यकर्ताहरुले दार्चुला सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेका थिए । उनिहरुले प्रधानमन्त्रीलाई कारवाही र संसद पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
प्रधानमन्त्री केपी सर्मा ओलीले भने पार्टी भित्र बाटै काम गर्ने वातावरण नभएपछि ताजा जनआदेशमा जानका लागि संसद विघटन गरेर निर्वाचन घोषणा गरिएको बताउनुभएको छ ।







प्रतिक्रिया