नेकपा दार्चुलाका नेता ठगुन्ना ओली समुहको केन्द्रिय कमिटी बैठकमा

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्पष्ट राजनीतिक विभाजन देखिएपछि त्यसको असर, प्रदेश र जिल्ला तहमा पनि देखिएको छ ।

नेकपा दार्चुलाका ईन्चार्ज एबं विगठित प्रतिनिधिसभामा प्रतक्ष निर्वाचित सांसद गणेश सिह ठगुन्ना विहिबार बालुवाटारमा आयोजित प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी सर्मा ओली समुहको बैठकमा देखिनुभएको छ ।

श्रोतका अनुसार नेता ठगुन्ना एकताको पक्षधर भएकोले विहिबारसम्म कुनै पनि समुहमा देखिनुभएको थिएन । तर पार्टी एकताको सम्भावना घट्दै गएपछि ओली समुहतिर ढल्किनुभएको हो । विगतदेखि नै ओली पक्षले ठगुन्ना आफ्नो पक्षमा रहेको दाबी गरिरहेको थियो । बामदेब गौतम निकट मानिएका ठगुन्ना ओली समुहमा लागेपछि केहि दिन यता तटस्थ देखिनुभएको नेकपा उपाध्यक्ष बामदेब गौतमपनि ओली समुहमा ढल्कीने सम्भावना रहेको नेताहरुले अनुमान गरेका छन् । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल ओली समुहको बैठकमा सहभागि भैसकेका छन् ।

बुधबारसम्म नेता ठगुन्ना पर्ख र हेरको अवस्थामा रहेकोले दार्चुलाका अधिकासं नेता कार्यकर्ताहरु पनि मौन बसेका थिए । विहिबार नेता ठगुन्ना बालुवाटार बैठकमा सहभागि भएपछि केपी सर्मा ओली समुहमा लागेको बुझिएको छ । दार्चुलाका अधिकासं नेता कार्यकर्ताहरु नेता ठगुन्ना जुन लाइनमा उभिनुभयो त्यसै समुहको समर्थन गर्ने पक्षमा छन भने केही नेताहरुले लाइन निर्धारण गरिसकेका छन् ।

दार्चुलाको लेकम, मार्मा, अपि र नौगाड गाउँपालिकामा अहिले स्थानीय तहको नेतृत्व नेकपाबाट निर्वाचित नेताहरुले गरिरहेका छन् । चारवटै स्थानीय तहका प्रमुखहरुले अहिलेसम्म कसैलाइपनि खुलेर समर्थन वा बिरोध गरेका छैनन् । उनिहरुलगायत जिल्लाका अधिकासं जनप्रतिनिधि, नेता, कार्यकर्ताहरुले गणेशसिंह ठगुन्नाको लाइनलाइ समर्थन गर्ने श्रोतको दाबी छ । खुलेर लाइन समातिसकेका नेताहरु भने दुवै पक्षीय नेताहरुलाई आफ्नो समूहमा तान्न सक्रिय देखिएका छन् ।

२०६४ सालमा तत्कालिन नेकपा माओबादीबाट निर्वाचित सभासद लक्ष्मी जोशीले प्रचण्ड-नेपाल समुहलाई समर्थन गर्नुभएको छ । उहाँ तत्कालिन माओबादीबाट विभाजित भएर बैद्ध समुहमा जानुभएको थियो । पछि गृहमन्त्री रामबहादुर थापा बादलसहित माओबादीमा फर्किनुभएको थियो । नेता बादलसंग नजिक मानिएका नेता जोशी अहिले प्रचण्ड लाइनमा खुलेको श्रोतको दाबी छ ।

पुर्व माओबादी समुहका केहि नेताहरु अहिलेपनि प्रचण्ड-नेपाल समुहमा खुलेर लागेको देखिन्छ । तर केहि नेताहरु मौन बसेकोले गणेश ठगुन्नाले समातेको लाइनमै लाग्ने अनुमान गरिएको छ । तत्कालिन एमालेमा ओली निकट मानिएका दार्चुलाका नेताहरुले भने अहिले पनि ओली समुहको खुलेर समर्थन गरिरहेका छन् । तत्कालिन नेकपा एमालेका अधिकासं नेता, कार्यकर्ता र माओबादीका समेत बहुमत नेता, कार्यकर्ताहरु नेता गणेश ठगुन्नाले समर्थन गरेको समुहमा लाग्ने श्रोतको दाबी छ ।

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू तथा people on stage

यसैबिच नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणापछि दार्चुलाबाट समेत कम्तिमा तीन जना नेताहरु केन्द्रिय महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित भएका छन् । श्रोतका अनुसार नेता हरदेब जोशी, दुर्गा धामी र लालबहादुर बिक केन्द्रिय सदस्यमा मनोतित भएका छन् । यद्धपी अहिलेसम्म आधिकारीक सूचि सार्वजनिक भइसकेको छैन् ।

मंगलबार बालुवाटारमा आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले अहिले रहेका चार सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा पाँच सय ५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको बालुवाटार स्रोतले बताएको छ । कमिटीमा बाँकी १९७ जना पछि थपिने छन् ।

छविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, Hardev Joshi सहित, people on stage तथा बाहिरी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?