भूकम्पीय आवास पुनर्निर्माण : विश्‍व बैंकको २२ अर्ब ८० करोड ऋण सहयोग

काठमाडौँ — विश्‍व बैंकले भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरेको छ । अर्थमन्त्रालयमा बिहीबार एक समारोहका बीच विश्‍व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गरेका छन्। दोश्रो थप ऋण सहायता स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौताअनुसार प्राप्त विश्‍व बैंकको पछिल्लो सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ।

विश्व बैंकले नेपालमा भूकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम सञ्चालन गरिरहेको छ। यसअघि विश्‍व बैंकले सन् २०१५ मा ५५ हजार घर पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?