सशस्त्रको लिखित परीक्षा पौष १८ गते, दार्चुलामा ४५९ परीक्षार्थी

दार्चुला । सशस्त्र प्रहरी जवानको लिखित परीक्षा पौष १८ गते हुने भएको छ ।

नयाँ भर्ना अन्तरगत जवान पदका लागी फिजीकल र मेडिकलमा उर्तिण भएर आएका उम्मेदवारले लिखित परिक्षा दिन पाउने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ ।

लोकसेवा आयोगले लिने परिक्षामा दार्चुलाबाट ४ सय ५९ जना जवान सहभागी हुने छन्।

लिखित परीक्षा सदरमुकाम स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगा र दार्चुला बहुमुखी क्याम्पसमा हुने सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर बहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार दार्चुलाबाट १२ सय बढीले सशस्त्र प्रहरी जवान पदका लागी उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?