दार्चुला । दार्चुला सदरमुकाम स्थित महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा विद्या टोलबाट २२ जना जुवाडे पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भाष्कर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ४ स्थित विद्या टोलका स्थानीय गोबिन्द बहादुर धानुकको घरमा तास लेखिरहेको अवस्थामा आज दिउँसो ३ बजेको समयमा उनिहरुलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनिहरुको साथबाट नगद तीन लाख ३६ हजार सात सय ६७ रुपैया र ५ गड्डी तास बरामद गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
प्रक्राउ परेका २२ जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।





प्रतिक्रिया