दार्चुला । नेपाली काग्रेशका केन्द्रिय सदस्य, पूर्वराज्यमन्त्री एबं विघटित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू पार्टी कार्यक्रमको सिलसिलामा जिल्ला दौडाहामा लाग्नुभएको छ ।
सोमबार दार्चुलाको मार्मा गाउँपालिकामा नेपाल सरकारले असम्बैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्नुभएका नेता बडूले आज शैल्यशिखर नगरपालिका वडा नम्बर ५ मा आयोजित काग्रेश पार्टी भेला कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता बडूले प्रधानमन्त्री ओली तानाशाही बाटोमा लागेको आरोप लगाउनुभएको छ ।
नेता बडूले प्रधानमन्त्री केपी सर्मा ओलीको संसद विघटन गर्ने कदम संविधान माथिको हस्तक्षेप भएको बताउनुभयो । प्रतिनिधिसभा विघटन असम्बैधानिक र अलोकतान्त्रिक भएकोले प्रतिरोधमा उत्रन सबैलाई उहाँले आग्रह गर्नुभयो । वर्तमान सरकारले जनमतको अपमान गरेर संबिधान समाप्त पार्न खोजेको नेता बडूको आरोप छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का काग्रेश वडा सभापती दलजित सिंह डागाको अध्यक्षतामा भएको कार्यक्रममा नेता बडूको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा काँग्रेस जिल्ला सभापति ललित सिंह बोहरा, जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, नेपाली काँग्रेस दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विक्रम सिह धामी, काँग्रेस दार्चुलाका सचिव हरक सिंह बिष्ट, जिल्ला कार्य समिति सदस्य तथा प्रदेश सभाको गत निर्वाचनका उम्मेदवारद्धय मदन गिरी र जगदिश बहादुर पाल, नेपाली काग्रेंस दार्चुलाका उपसभापती ललित सिंह ठगुन्ना, शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामी, महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, व्याँस गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी लगायत काँग्रेस दार्चुलाका पदाधिकारी, पुर्व पदाधिकारी लगायत नेता कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा एक दर्जन नेता, कार्यकर्ताले नेकपा परित्याग गरि नेपाली काग्रेश प्रवेश गरेको नेपाली काग्रेश दार्चुलाले जनाएको छ । सोमबार मार्मामा भएको काग्रेशको बृहत बिरोध प्रदर्शन कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट शैल्यशिखर नगरपालिकामा चुनाव लडेका माधवी धामी खडायत सहित तीन दर्जन कार्यकर्ताले काग्रेश प्रवेश गरेका थिए । नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरूले कम्युनिष्टहरू झुट र फुटको बाटोमा लागेकोले काग्रेश प्रवेश गरेको बताएका छन् ।

यसैबिच नेपाली काग्रेश दार्चुलाले जिल्लाका विभिन्न स्थानीय तहमा पार्टीको कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । नेपाली काग्रेश दार्चुलाका सभापती ललितसिंह बोहराका अनुसार मंगलबार बेलुकी खलंगा पुगेर १५ गते व्यास, १६ गते दुहुँ र १७ गते लेकमको रिठाचौपातामा पालिकास्तरिय कार्यक्रम आयोजना गर्ने तयारी छ ।
लेकम गाउँपालिकामा गाउँपालिका समितिको आजको बैठकले गाउँपालिकाभरीका सबै वडाहरुमा समेत कार्यक्रम गर्ने निर्णय गरेको छ । जसअनुसार १५ गते उचाकोट, १६ गते सर्मोली, १७ गते रिठाचौपाता, १८ गते लाली, १९ गते खरकडा र २० गते कुणीमा कार्यक्रम गर्ने तयारी रहेको नेपाली काग्रेश दार्चुलाका नेता एबं लेकम गाउँपालिका प्रवक्ता महेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
१७ गते रिठाचौपातामा हुने कार्यक्रममा पूर्वराज्य मन्त्री एबं काग्रेश केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू सहित काग्रेश दार्चुलाका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता हुने नेबि संघ दार्चुलाका सचिब हरि जोशीले बताउनुभयो ।





