दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट पक्राउ परेका जुवाडेहरुमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ । हिजो जिल्ला सदरमुकामस्थित विद्याटोलबाट प्रक्राउ परेका २२ जना जुवाडे माथि म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा विद्याटोलका स्थानीय गोविन्द बहादुर धानुकको घरबाट नगद तीन लाख ३६ हजार ६७ रुपैया र पाँच गड्डी तास सहित २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जुवातास खेल्ने र खेलाउने दुबै पक्षलाई पक्राउ गरि प्रहरी हिराशतमा राखिएको छ ।

पक्राउ परेका जुवाडेहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । दार्चुलामा प्रहरीले यतिठूलो रकम सहित जुवाडेहरु पक्राउ गरेको यो पहिलो घट्ना भएको बताइएको छ ।

जुवाडेहरुमाथि मंगलबार अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यद्धपी अहिलेसम्म पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको छैन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?