दार्चुला । दार्चुलामा हाल पाँच जना मात्रै कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

हाल सम्म जिल्लामा तीन सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा तीन सय ११ जना कोरोना संक्रमण मुक्त भइसकेको जिल्ला सस्वाथ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

दार्चुलामा नौँ वटै स्थानीय तह बाट हाल सम्म तीन हजार आठ सय बढीको पीसीआर परीक्षण गरिएकोमा तीन सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये अहिले मार्मा गाउँपालिकाका पाँच जना मात्रै संक्रिय संक्रमित रहेका छन ।

मार्मा गाउँपालिका बाहेक जिल्लाका आठ स्थानीय तहमा तत्कालको लागी कोरोनाका संक्रिय संक्रमित शुन्य रहेको सूचना अधिकारी कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?