अन्तराष्ट्रिय सीमामा कडाइ, भारत प्रवेश गर्न पास अनिवार्य

दार्चुला । नेपाल–भारत जोड्ने अन्तराष्ट्रिय सीमा नाकाहरुमा कडाई गरिएको छ । विगतमा दार्चुला सदरमुकाम खलंगास्थित पुलघाँटमा निर्वाध आवतजावत गर्न दिइएपनि बुधबारदेखि भारत प्रबेशका लागि जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य गरिएको छ ।

भारतीय पक्षले सीमामा आवतजावत गर्नका लागि पास चाहिने भन्दै मंगलबार बेलुकी पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । भारतीय पक्षले भारत प्रवेसका लागि अनिवार्य पास हुनुपर्ने नियम लागु गरेपछि भारत जान चाहानेहरुले जिल्ला प्रशासन कार्यालयबाट पास बनाउन थालेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

भारत जान चाहानेहरुले पास बनाउन थालेसंगै जिल्ला प्रशासन कार्यालय दार्चुलामा भिड बढेको छ । भारतीय पक्षले सीमा नाकामा कडाई गरेसंगै पुलघाँट क्षेत्रमा भने विगतको तुलनामा मानिसहरुको उपस्थिति निकै घटेको छ । अत्यावश्यकीय कामका लागि जानेहरुलाई मात्रै पास दिइएको छ । भारतीय पक्षले नाकामा प्रबेशका लागि पास अनिवार्य गरेपछि पासका लागि जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने र आबश्यकीय काम समेत उल्लेख गर्नुपर्ने झन्झटले भारत जानेहरुको संख्या निकै घटेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

अत्यावश्यक काम नखुलाएका करिब एक सय जना निबेदकहरुको पास रोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार शुभबिवाह, दाह संस्कार, काजक्रिया, औषधी उपचार, रोजगारी, र पेन्सन लगायत प्रयोजनका लागि भारत जानेहरुको मात्रै पास बनाइएको छ । पछिल्लो समय विदेशमा नयाँ खालको कोरोना संक्रमण देखिएकाले सीमा नाकामा थप कडाई गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पास बनाउनका लागि सम्बन्धित स्थानीय तहको सिफारिस पत्र, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, रु १० को टिकट टाँस गरिएको निवेदन र कार्य प्रयोजनसंग सम्बन्धित अन्य कागजातहरु अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?