दार्चुलामा एक महिला झुन्डीएको अवस्थामा फेला

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ झलातीमा एक महिला झुन्डीएको अवस्थामा  मृत फेला परेकी छन ।

शुक्रबार दिउँसो करिब १ बजेको समयमा वडा नम्बर ४ झलाती बस्ने २१ बर्षीया लक्ष्मी पार्की वडा नम्बर ४ कै चौराडीमा काफलको रुखमा झुन्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

अहिले घटना स्थलमा सिमा प्रहरी चौकी लालीबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको छ, भने थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घट्ना स्थल पुगेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?